आज जननेता स्व : मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

काठमाण्डौं । असार–१४, आज जननेता स्व : मदन कुमार भण्डारीको ६७ औँ जन्मजयन्ती मनाइँदै छ । स्व : मदन भण्डारीको ६७ औँ जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठको आयोजना गरेको छ ।
उक्त गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गरी मदन भण्डारीको जन्मजयन्ती मनाइने भएको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।