भक्तपुर अस्पताल आधुनिक तथा सुविधा सम्पन्न बनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । असार–१५, वीर अस्पताल पछिको दोस्रो अस्पताल भक्तपुर अस्पताललाई सरकारले आधुनिक र सुविधा सम्पन्न बनाउने भएको छ । बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरी एक सय चौध वर्ष पुरानो भक्तपुर अस्पताललाई सरकारले आधुनिक र सुविधा सम्पन्न बनाउने जानकारी गराइएको हो ।

स्वास्थ्य मन्त्रालयको नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रमका सुनिल खड्काले अस्पतालको नयाँ तथा पुराना भवनको नयाँ संरचनाका बारेमा गुरुयोजना सार्वजनिक गरेका थिए । उक्त योजना अनुसार बेलायतको सहयोगमा नेपाल सरकारले भवन विभागमार्फत तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्ने खड्काले जानकारी दिए ।

नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति कक्ष, दुईवटा आधुनिक शल्यक्रिया कक्ष, ओपीडी कक्ष, आईसीयू कक्ष, कर्मचारीका लागि भान्छा घर, शौचालय, मुर्दा घर तथा शव परीक्षण कक्ष, पार्किङ्गलगायतको भौतिक संरचना निर्माण हुने भएको छ ।

कुल रु २३ करोड २१ लाख ५४ हजार २०७ को लगानीमा निर्माण गर्न लागीएको उक्त निर्माण कार्य आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने गरि काम अघि बढाइएको छ ।

प्रकाशित : 29 June, 2018

प्रतिक्रिया दिनुहोस्