केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मरिससले वार्षिक ३० हजार नेपाली कामदार लैजाने प्रस्ताव

सहयात्रा टिभी

काठमाण्डौं । असार–१५, अफ्रिकि मुलुक मरिससले वार्षिक ३० हजार नेपाली युवा लैजाने प्रस्ताव गरेको छ । सरकारले नेपाली युवाका लागि नयाँ रोजगारी गन्तव्य खोजिरहेको बेला मरिससले वार्षिक ३० हजार नेपाली युवा लैजाने प्रस्ताव गरेको हो ।

दक्षिण–पू्र्वी अफ्रिकी राष्ट्र मरिससले नेपालबाट वार्षिक ३० हजार कामदार आपूर्ति गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अनौपचारिक छलफल भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

हाल सम्म रोजगारीका लागी मरिससमा कुनै पनि नेपाली गएको तथ्याङ्क नभएको अवस्थामा फ्रि–भिसा र फ्रि–टिकट लागू गरिने गरि वार्षिक ३० हजार नेपाली कामदारहरुको माग प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।

मरिससमा मासिक ७० हजारभन्दा बढी कमाइ हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ। साथै मरिसससँग कोरिया मोडलमा कामदार पठाउने गरी प्रस्ताव गर्ने तयारीमा मन्त्रालय रहेको स्रोतको भनाइ छ।

प्रकाशित : 29 June, 2018

प्रतिक्रिया दिनुहोस्