केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुर्घटना न्यूनिकरण गर्न ‘ट्राफिक टाइम कार्ड’

सहयात्रा टिभी

प्युठान । असार–१७, प्युठानमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय प्यूठानले ‘ट्राफिक टाइम कार्ड’ वितरण गरेको छ । पछिल्लो समय जिल्लामा दुर्घटना बढेकाले दुर्घटना न्यूनिकरण गर्न प्रहरीले ‘ट्राफिक टाइम कार्डको व्यवस्था गरेको हो ।

म्याजिक, टिप्पर, मिनिबस, बस, ट्रकलगायतका सवारीहरुको चाप बढि भएको र गति पनि तिव्र भएकाले दुर्घटनाको जोखिम बढेपछि शनिवार एक कार्यक्रम गरी ‘ट्राफिक टाइम कार्ड’ वितरण गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए ।

तोकिएको समय भन्दा अघि कुनै पनि सवारी साधन पुगेमा कारबाहि गर्ने गरि यो टाइम कार्डको व्यवस्था गरिएको छ । टाइम कार्डको नियम उल्लङ्घन गरेर तीव्र गतीमा सवारी चलाएको पाइएमा १५ सय सम्म जरिवाना गरिने पोख्रेलले बताए ।

म्याजिकमा तीव्र गति र क्षमता भन्दा बढि मानिस राखेको पाइएकाले यो नियम म्याजिकबाट सुरु गरिएको बताइएको छ ।

प्रकाशित : 1 July, 2018

प्रतिक्रिया दिनुहोस्