सांसदको असहमति पछि निर्वाचन क्षेत्रको बजेट दोब्बर

सहयात्रा टिभी

जनकपुर । असार–१७, प्रदेश २ मा निर्वाचन क्षेत्रका लागी छुट्याइएको बजेटमा सांसदहरुले असहमति जनाएपछि प्रदेश सरकारले बजेट रकम दोब्बर बनाएको छ । केन्द्रमा निर्वाचन क्षेत्र विकास कोषको रकम पुनरावलोकनको माग उठिरहेका बेला प्रदेश सरकारले भने पहिलेको भन्दा दोब्बर बनाएको हो ।

प्रदेश सरकारले पेश गरेको बजेटमा संसदीय क्षेत्र विकास कार्यक्रममा २५ लाख र प्रत्येक निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । सांसदहरुले उक्त बजेटमा असहमति जनाएपछि प्रदेश सरकारले संसदीय क्षेत्र विकास कार्यक्रमको बजेट ५० लाख पु¥याएको छ भने भौतिक पूर्वाधार निर्माणको बजेट १ करोड पु¥याएको छ ।

यसैबीच, प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०७५–७६ को बजेट संसदले पारित गरेको छ । २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट शुक्रबार बसेको प्रदेशसभाको बैठकले विपक्षी दल कांग्रेसको असहमतिकै बीच पारित गरेको हो ।

प्रकाशित : 1 July, 2018

प्रतिक्रिया दिनुहोस्