चिकित्सा शिक्षा विधेयकमा असहमति भएपछि बैठक स्थगित
सहयात्रा टिभी
काठमाण्डौं । असार–१७, चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा असहमति भएपछि संसद स्थगित भएको छ । आइतबार चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो ।
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूचीका साथ राखिएको आइतबारको बैठकमा सहमति जुट्न नसकेपछि सुचना टाँसेर सभामुख कृष्ण बहादुर महराले बैठक स्थगित भएको घोषणा गरेका थिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्ने तय भएको विधेयक आफु खुसी भएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसले विरोध सहित असहमति व्यक्त गरेको थियो ।