केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षाको कारण नेपालगञ्ज डुबानमा

सहयात्रा टिभी

नेपालगञ्ज । असार–१८, अविरल वर्षाको कारण नेपालगञ्ज आसपासका क्षेत्र डुबानमा परेका छन् । आइतबार साँझबाट परेको अविरल वर्षाको कारण नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँ डुबानमा परेका हुन् ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ ।

नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको बताइएको छ ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : 2 July, 2018

प्रतिक्रिया दिनुहोस्