स्पेनको हारपछि अन्तराष्ट्रिय फुटबलबाट इनिस्टाको सन्यास
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । असार–१८, स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलमा हारेपछि स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले सन्यास लिएका हुन् ।
खेल सकिए लगत्तै इनिस्टाले राष्ट्रिय टिमबाट यो खेल आफ्नो अन्तिम भएको जानकारी गराएका थिए ।
इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरि ३४ वर्षिया इनिष्टाले २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका थिए ।
तर अब भने यो खेल नै राष्ट्रिय टिमबाट आफ्नो अन्तिम खेल भएको बताउँदै इनिस्टाले खेलबाट सदाका लागी सन्यास लिएका छन् ।