प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो चिकित्सा शिक्षा विधेयक

सहयात्रा टिभी

काठमाण्डौं । असार–१८, प्रतिनिधि सभाको कार्यसूचीबाट चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक हटेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको प्रतिस्थापन विधेयक आफुखुसी भएको भन्दै अस्वीकार गरेपछि संसद बैठकको कार्यसूचीबाट चिकित्सा शिक्षा विधेयक हटाइएको हो ।

शिक्षा विधेयक पारित नहुना साथ अध्यादेश समेत निष्क्रिय हुने भएको छ। अब सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक ल्याएपछि मात्र संसद प्रकृया अघि बढ्ने छ ।

साथै यस पटक भने विधेयक आउनु अघि नै संसदीय समितिहरू गठन भइ समितिहरूमा संशोधनमाथि छलफल भएर मात्र विधेयक अगडि बढ्नेछ।

प्रकाशित : 2 July, 2018

प्रतिक्रिया दिनुहोस्