केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिस होममा विश्व कपको Predict & Win प्रतियोगीतामा प्रिडेक्ट विजयी संख्या बढ्दै

सहयात्रा टिभी
 काठमाण्डौं । असार–१८, डिस होमको predict and win प्रतियोगीतामा प्रिडेक्ट गरेर विजयी हुनेहरुको संख्या बढ्दै गएको छ । २०१८ को विश्व कपको अवसरमा डिस होमले आयोजना गरेको प्रतियोगीतामा धेरै प्रतीयोगीहरुको माझमा बीज बहादुर भोलन, अरुन के भेटवाल ठकुरी, मदन के.सी लगायतका धेरै सहभागीहरु विजयी भएका हुन् ।
यो प्रतियोगीतामा सहभागी हुन चाहने व्यक्तिहरुले आफुलाई मन परेको देश वा खेलाडिको प्रिडेक्ट गरि सहभागी हुन सक्छन् । भोलनले अर्जेन्टिना भर्सेस फ्रान्सको सहि प्रिडेक्ट गरेर जित हात पारेका हुन् । त्यसैगरि अरुन के ले अष्ट्रेलिया भर्सेस पेरुको खेलमा सहि प्रिडेक्ट गरेका थिए भने मदनले जर्मनी भर्सेस साउथ कोरियाको खेलमा सहि प्रिडेक्ट गरि जित हाँसिल गरेका हुन् ।
विजयी हुने सम्पूर्ण प्रतिस्पर्धीहरुले डिस होमले तोके अनुसारको पुरस्कार प्राप्त गरेका छन् । उक्त प्रतियोगीतामा भाग लिएर विजेता हुने व्यक्तिले ४२ इन्चको टेलिभिजन उपहार पाउने व्यवस्था साथै हिस होमले विजेताको घरमा निशुल्क हिस होम जडान गरिदिने र अन्य धेरै उपहारहरुको समेत व्यवस्था गरेको डिस होम परिवारले बताएको छ ।
यो प्रतियोगीता विश्व कपको अवसरमा आयोजना गरिएकाले विश्व कपभरि चलिहरने डिस होम परिवारको भनाइ छ ।
जुन १४ बाट सुरु भएको विश्व कपमा आजको खेलमा भने ४ टिमको भिडन्त रहेको छ । ब्राजिल र मेक्सीको साँझ ७ः४५ मा खेल्दै छन् भने बेल्जीयम र जापान राती ११ः४५ मा भिड्ने भएका छन् । खेलको प्रत्यक्ष प्रशारण सुरुदेखि नै डिस होमको च्यानल नं. १९१ मा देखाइँदै आएको छ । हिस होमको एक्सन स्पोर्टसमा नेपाली कमेन्ट्रिमा नै प्रत्येक दिनको विश्व कपको खेल हेर्न सकिन्छ ।

 

प्रकाशित : 2 July, 2018

प्रतिक्रिया दिनुहोस्