केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चारचार वटा हातखट्टा र दुई मेरुदण्डसहितको बच्चाको जन्म

सहयात्रा टिभी

कैलाली । असार–१९, मंगलबार कैलालीको टिकापुर अस्पतालमा एक महिलाले चारचार वटा हात खुट्टा र दुई मेरुदण्ड भएको बच्चाको जन्म दिएकी छन् । कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा चार वटा हात, चार खुट्टा र दुई मेरुदण्ड भएको बच्चाको जन्म दिएकी हुन् ।

सोमबार अस्पताल पु¥याइएकी चौधरीले ६ महिनाको गर्वे शिशुलाई मंगलबार बिहान जन्म दिएकी थिइन् । करिब १ महिना अगाडि चेकजाँचका लागि अस्पताल जादाँ नै भिडियो एक्सरे गर्दा  बच्च यस्तो अवस्थाको छ भन्दा चौधरीको परिवारले विश्वास नगरेर अर्को अस्पताल लगेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बताए । उक्त शिशुको अवस्था नाजुक रहेको डा. खनालले जानकारी दिएका छन् ।

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्