त्यो रोपाई

सहयात्रा टिभी

त्यो रोपाई

…..तल्लो घर कान्छीको रोपाइको निम्तो दिन आएकि थिइ त्यो दिन अनि उसले साथसाथै  उ आउने कुरा पनि सुटुक्क कानमा भनेकि थिई।त्यो खबर मेरालागि कुनै उत्सब भन्दा कम थिएन किनकि असारको महिना हामी नेपालीहरुका लागी यसै पनि कुनै उत्सव भन्दा कम हुदैन, मानो रोपेर मुरि भित्राउने समय हो यो, असारको महिनाको रंग नै छुट्टै, उत्साह नै अर्कै ।  त्यति रमाइलो पलमा उसंग हुन पाए मलाई अरु के चाहियो र । म बिहानै तयार भए रातो फरिया, कालो चोली अनि लाजका गहनाले सजिएर म रोपाई तिर लागे ।

तल खेतको दृश्य माथिबाट हेर्दै रमाइलो लाग्ने एकातिर झमझम परिरहेको झरी अनि अर्कोतिर खेतभरी रोपार र बाउसे छपक्कै  ओहो ! त्यो दृश्य जति आखामा कैद गर्न खोजे पनि कम पर्छ ।म रोपाईमा पुगेकि मात्र के थिए तल्लो घर भाउजूले भन्नु भयो ” निरा नानी कति ढिला आउनु भएको रमेश बाबू अघि देखि हजुरलाई खोज्दै हुनुहुन्छ ।” त्यति बेला म कति रातोपिरो भएकी थिए मलाई मात्र छ ।अनि साइली माइली खित्का छोडेर हास्न थालेका थिए । एकछिन त  साह्रै रिस उठ्यो ! तर साच्चै भन्ने हो भने मेरा नजर पनि उसलाई पहिले देखि नै खोजिरहेका थिए ।मेरो नजर पाउन उ कति बेताब थियो मलाई थाहा छैन, तर उसको एक नजर पाउन म साह्रै लालायित भएकि थिए, लाग्छ मेरा नजरले सारा खेत एकैचोटि चाहारेका थिइ त्यतिबेला ।

फेरि भाउजुले भन्नू भयो नानी बीउ पल्लो गरामा छ यता लिएर आउनु त भाउजूले आँखा पनि झिम्काउनु भयो म हुस्सु कहाँ सजिलै कहाँ कुरा बुझ्थे र ! भाउजुले फेरि भने पछि म बिउले लिन गए, अनि मलाई महसुस भयो मैले तातो सास आफुतर्फ बढ्दै गरेको चाल पाए बीउ समाइरहेका मेरा हात उसको हातको स्पर्श पाएपछि हातभरिको बिउ एकाएक गरेर हिलो तिर हुत्तिए अनि हिलो जम्मै हाम्रो गाला भरी उफ् म कति आत्तिएकि थिए त्यतिबेला अनि उसले गालाको हिलो पुछिदिदै भन्यो “किन यति ढिला ?” म उतर्फ यसरि हराएछु कि भाउजुको आवाजले झस्के उ भने पर पुगिसकेको थियो।म हतार हतार खालि हात भाउजु भएतिर गए । भाउजुले बीउ खोइ भन्नू भयो म चुपचाप रोप्न तिर लागे । त्यतिनै बेला उसले बीउ माथिबाट तरतिर सार्यो हिलो फेरि जम्मै हिलो मभरि अनि साइलिले भनि जिस्किदै भनि “हैन रमेश बाबु अलि अलि त हामिलाई पनि बिउ सारे हुने के निरा मात्र छे र यत्रो खेतभरी” अनि उसले साईली तिर पनि बिउ सार्यो हिलो साईलिको मुखभरि पर्यो, हिलो त्यसरि परेपछि साईली भुत्भुत्याउन थाली अब भने हास्ने पालो हाम्रो थियो ।

कहिले पानी दिने बहानामा म उसको छेउ अनि कहिले बीउ दिने बहानामा उ मेरो छेउ यस्तै यस्तै …. चल्यो दिनभर । अरुहरु रोप्दै कहाँ पुगिसकेका हुन्थे अनि म दौडदै उनिहरुसम्म पुग्थे उ मलाई हेरि राख्थ्यो बाँकी रोपारहरु फेरि खित्ताका छोडेर हास्न थाल्थे म भने लाजले घोसे मुन्टो लगाई रहन्थे केहिबेर सम्म। भाउजु मलाई हेर्दै हास्नु हुन्थ्यो म भाउजुको आँचलमा आफुलाई लुकाउन पुग्थे ।त्यति बेलाको त्यो छेडछाड अनि हाम्रा जुधेका नजर त्यो प्रेम थियो थिएन म जान्दिन तर अहिले ती सब कुरा आँखामा प्यारो दृश्य बनेर नाचिरहन्छन्  ।त्यो दिन, त्यो रोपाई कसरी बित्यो मैले थाहासम्म पाएन । जब साझ पख रोपाई सकियो म कुलोमा आफुलाई सफा गर्दै थिए उ म नजिकै आएर भन्यो “कहाँ अहिल्यै सकिएको छ र रोपाइ”  म अलमलमा परे र सोधे “कता तिरको गरा बाँकि छ” अनि उसले चुपचाप हातमा हिलो लिई होलिको रंग झै गरेर मेरा गालाभरी दल्यो र भन्यो “यहाँ बाँकि छ” अब भने म पानिपानि भए अनि म पनि उसलाई हिलो दल्न थाले । साझ पर्न थालि सकेको थियो भाउजु म मलाई कुरेर बसिराख्नु भएको थियो ।त्यसैले कुलोको पानीले अलिअलि हिलो सफा गरेर म भाउजु भएतिर लागे ।उ पनि आफ्नो घरतिर गयो। त्यो स्पर्श, त्यो पल मेरा मानसपटलबाट कहिल्यै गएन, न हिजो न आज ।आज पनि जब असार आउछ, झरि बर्षन्छ मलाई त्यो दिन, त्यो पल खुब याद आउछ ।

त्यसको केही समय पछ्यास तराई बाट उसकि दिदी बिरामी भएको खबर आयो, उ केहिदिन पछि फर्कने भन्दै दिदिको घर तराई तिर गयो तर लामो समयसम्म पनि फर्केन त्यतिबेला अन्टि हाम्रोमा आउनु भएको थियो म अन्टिसंगै शहर आए र यतै पढ्न थाले । त्यसपछि उसंग मेरो भेट कहिल्यै भएन म गाउँ पनि कम जान थाले तर जसै असार आउँछ झरी बर्षिन्छ ।उसंग बिताएका ती पल सधै मेरा स्मरणमा आउछन् उ कहाँ होला कस्तो होला यहि कुराले पनि कहिलेकाही साह्रै सताउछ अनि फेरि म आफ्नै बर्तमानमा कतै हराउछु तर …यो निरन्तर बर्षिरहेने झरीले उसलाई उसको यादलाई अझ गाढा बनाउदै लैजान्छ यो मस्तिष्कमा।तब म बजाउन थाल्छु हातभरिका चुरा,अनि छमछम गर्ने पाउजु किनकि यी पाउजुका छमछम र चुराका छिनछिन उसलाई खुब मन पथ्यो …… ।।।

 

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्