केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियाका पूर्वप्रधानमन्त्री पक्राउ

सहयात्रा टिभी

एजेन्सी । असार–१९, मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक मंगलबार प्रहरीद्धारा पक्राउ परेका छन् । मंगलबार मलेसियन समयको विहान ३ बजे आफ्नै निवासबाट प्रधानमन्त्री रज्जाक पक्राउ परेका हुन् ।

उनलाई राष्ट्रिय विकास कोषको सात सय मिलियन डलर हलिउड फिल्म निर्माणको लागी लगानी गरेको आरोप लागेको छ । प्रधानमन्त्री रज्जाकलाई हाल मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी)को मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।

गत मेमा भएको निर्वाचनको परिणाम घोषणा भएलगत्तै उनीमाथि छानविन सुरू भएको थियो। नजिवले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्। भ्रष्टाचारका विषयमा यसअघि विशेष अनुसन्धान टोलीले नजिवको बयान लिएको थियो। उनलाई बुधबार बिहान क्वालालाम्पुर उच्च अदालतमा पेश गर्ने तयारी गरिएको छ। मलेसियाको प्रहरीले नजिव र उनकी श्रीमतीसँग भएको २ सय ३७ मिलयन डलर बराबरको सम्पत्तिमा समेत रोक लगाएको छ ।

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्