केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वीडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । असार–२०, मंगलबार भएको खेलमा स्वीजरल्याण्डलाई हराउँदै २४ वर्षपछि स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीजरल्याण्डको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेन क्वार्टरफाइनलमा पुगेको हो ।

सन् १९९४ को विश्वकपमा तेस्रो भएपछि स्वीडेन क्वार्टरफाइनलसम्म पनि पुग्न सकेको थिएन् । हिजो भएको खेलको ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।

पहिलो हाफ गोलरहित भएको थियो । काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए । निकै मौकाका बाबजुद पनि स्वीजरल्याण्डले गोल बनाउन सकेन । अन्तत स्वीडेन विजयी भयो ।

प्रकाशित : 4 July, 2018

प्रतिक्रिया दिनुहोस्