सरकारको प्रतिवाद गर्न कांग्रेसको पाँच ‘स’ को नीतिको तयारी

सहयात्रा टिभी

काठमाण्डौं । असार–२०, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारको प्रतिवाद गर्न पाँच ‘स’को नीतिको तयारी गरेको छ । प्रमुख प्रतिपक्षिको भूमिका कमजोर देखिएको भनेर आलोचना खेप्दै आएको कांग्रेसले सरकारको प्रतिवाद गर्न पाँच ‘स’ अथवा सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रह नीति अख्तियार गरेको हो ।

कांग्रेसले बुधबार संसदीय दलको बैठकसमेत बोलाएको छ । सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेताहरुले सांसदहरुलाई प्रभावकारीरुपमा संसदमा प्रस्तुत हुन निर्देशन दिने मुख्य सचेतक बालकृष्ण खाँडले बताए ।

बाढी पहिरोबाट जनधनको क्षति भइरहे पनि सरकार गम्भीर नबनेको, प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको पहल नगरेको, गंगामाया अधिकारीको मागलाई बेवास्ता गरेको, काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको, मूल्यवृद्धि नियन्त्रण नगरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएका प्रश्नलाई बेवास्ता गर्दै आएको लगायतका विषयलाई कांग्रेसले मुख्य रुपमा उठाइरहेको छ ।

प्रकाशित : 4 July, 2018

प्रतिक्रिया दिनुहोस्