केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेनाल्टीमा चुकेका खेलाडीहरुलाई ज्यान मार्ने धम्की

सहयात्रा टिभी

एजेन्सी । असार–२१, इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई सामाजिक सञ्जालमा आफ्नै समर्थकहरुले ज्यान मार्ने धम्की दिएका छन् । मगंलबार राति विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

सामाजिक सञ्जालमा उनीहरुलाई देश नफर्किन चेतावनी दिँदै रुसमै आत्महत्या गर्न समेत भनिएको छ । धेरै उग्रसमर्थकहरुले बाक्का र उरिबेलाई आन्द्रेस इस्कोबारको हत्या भएको २४ वर्षपछि उनीहरुलाई पनि त्यसरी नै हत्या गर्न चाहेको समेत लेखेका छन् ।

सामाजिक सञ्जालबाट दिइएका यस्ता धम्कीपछि ती खेलाडीहरु त्रसित बनेका छन् । उरिबेको पेनाल्टी क्रसबारमा लागेर बाहिरिएको थियो भने बाक्काको प्रयास इंग्ल्याण्डको जीतमा नायक बनेका गोलकिपर जोर्डन पिकफोर्डले विफल बनाइदिएका थिए ।

सामाजिक सञ्जालमा पोस्ट भएका धेरैजसो धम्की बाक्कालाई लक्षित गरिएको छ । ती उग्र समर्थकहरुका अनुसार बाक्काको पेनाल्टी कामै नलाग्ने थियो ।

प्रकाशित : 5 July, 2018

प्रतिक्रिया दिनुहोस्