कर प्रशासनमा ब्यापक हेरफेर

सहयात्रा टिभी

काठमाण्डौं । असार–२१, सरकारले कर तथा राजस्व प्रशासनमा ब्यापक हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयको नयाँ प्रशासनिक संरचनालाई स्वीकृत गरि पुरानो संरचनामा व्यापक हेरफेर गरेको हो ।

अब मुख्य भन्सार कार्यालयहरु थप भएका छन् भने आन्तरिक राजस्व कार्यालयको संख्या पनि बढेको छ । आगामी वर्षमा सरकारले चालु वर्षको भन्दा झण्डै ३५ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ । त्यसलाई भेट्ने गरी कर प्रशासनको संरचनाहरु परिवर्तन गरिएको हो ।

कर संयन्त्रलाई सबल, सुदृढ र प्रभावकारी बनाउने योजनाका साथ सरकारले कर कार्यालयहरुमा दरबन्दी पनि हेरफेर गरेको छ । यसअनुसार अब बन्ने मझौला करदाताका कार्यालयमा पनि सहसचिवस्तरकै नेतृत्व राखिनेछ ।

प्रकाशित : 5 July, 2018

प्रतिक्रिया दिनुहोस्