पर्यटन मन्त्रालयद्धारा फोटो प्रतियोगीता

काठमाण्डौं । असार–२१, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका पर्यटन प्रोडक्टको पहिचानका लागी फोटो सहितको विवरण तयार गर्न खुल्ला फोटो प्रतियोगिता गर्न लागेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि प्राकृतिक तथा सांस्कृतिक पक्षहरुका दृश्यहरु समेट्ने गरी फोटो सहितको विवरण तयार गर्न खुल्ला फोटो प्रतियोगिता गर्न लागेको जाकारी दिएको हो ।
प्रदेश सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अघि सारेको छ । त्यसका लागि प्रदेश सरकारले पर्यटकीय गन्तव्य पहिचान र पूर्वाधार तयार पार्दैछ । प्रदेश ४ का जुनसुकै व्यक्तिले खिचेको जुनसुकै पर्यटकीय फोटो प्रतियोगितामा भाग लिन पाउने छन् । व्यावसायिक, गैर व्यावसायिक फोटोग्राफर र सर्वसाधारण, विदेशी नागरिकलेसमेत प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतियोगिता असार २५ भित्र पठाइसक्नुपर्ने,प्रतियोगितामा फोटोहरु फोटो जर्नालिस्ट क्लब नेपालको अनलाइनमार्फत पठाउन सकिने पर्यटनमन्त्री विकास लम्सालले जाकारी दिएका छन् ।