गुफामा फसेका बालकको उद्धार गर्न गएका गोताखोरको मृत्यु
सहयात्रा टिभी
काठमाण्डौं । असार–२२, थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक थाई नौसेनाका एक पूर्व गोताखोरको मृत्यु भएको छ । ३८ वर्षीय समन कुननको गुफामा फसेकाहरुलाई राहत सामग्री पुर्याएर फर्किने क्रममा बेहोस भई मृत्यु भएको हो ।
आफ्नो इच्छाले राहत र बचाउको काममा मद्दत गर्न गएका एक पूर्व सैनिक कुननको आँफैलाई अक्सिजनको कमि भइ अबेर राती दुई बेजे मृत्यु भएको स्थानीय डेपुटी गभर्नर पासाकोर्न बुनयालकले पत्रकारहरुलाई बताए ।
उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ । बच्चाहरु र उनीहरुका आमा–बुवासँग कुराकानी गराइदिने उद्देश्यले गुफाभित्र टेलिफोन लाइन जोड्ने प्रयास भइरहेको अधिकारीहरुले बताउका छन् ।