केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुफामा फसेका बालकको उद्धार गर्न गएका गोताखोरको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौं । असार–२२, थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक थाई नौसेनाका एक पूर्व गोताखोरको मृत्यु भएको छ । ३८ वर्षीय समन कुननको गुफामा फसेकाहरुलाई राहत सामग्री पुर्‍याएर फर्किने क्रममा बेहोस भई मृत्यु भएको हो ।

आफ्नो इच्छाले राहत र बचाउको काममा मद्दत गर्न गएका एक पूर्व सैनिक कुननको आँफैलाई अक्सिजनको कमि भइ अबेर राती दुई बेजे मृत्यु भएको स्थानीय डेपुटी गभर्नर पासाकोर्न बुनयालकले पत्रकारहरुलाई बताए ।

उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ । बच्चाहरु र उनीहरुका आमा–बुवासँग कुराकानी गराइदिने उद्देश्यले गुफाभित्र टेलिफोन लाइन जोड्ने प्रयास भइरहेको अधिकारीहरुले बताउका छन् ।

प्रकाशित : 6 July, 2018

प्रतिक्रिया दिनुहोस्