केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली प्रदेशमा विकासका लागी ९८ करोड बजेट

सहयात्रा टिभी

सुर्खेत । असार–२४, कर्णाली प्रदेशको पर्यटन विकासका लागी ९८ करोड बजेट छुट्याइएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका हुन् ।

शनिबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको बजेट तर्जुमाको सुझाव संकलन कार्यक्रममा पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम पर्यटन विकासमा छुट्याइएको मन्त्री बुढाले जानकारी दिए ।

कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माणका लागी पर्यटन क्षेत्रमा बढि रकम छुट्याइएको हो ।

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय गे्रट ट्रेलकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : 8 July, 2018

प्रतिक्रिया दिनुहोस्