केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रोएसिया विश्वकपको सेमिफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । असार–२४, क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४/३ गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।

निर्धारित समयको खेलमा रसियाले ३१ औं मिनेटमा डेनिस चेरसेवको गोलबाट अग्रता लिएको थियो । तर, ८ मिनेटपछि नै क्रोएसियाले बराबरी गोल फर्कायो । उसका लागि क्रमारिकले गोल गरे । निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०० औं मिनेटमा भिडाले गोल गरे ।

तर, खेल सकिन ५ मिनेट बाँकी छँदा फर्नान्डेजले रसियाका लोभलाग्दो बराबरी गोल गरेका थिए ।

प्रकाशित : 8 July, 2018

प्रतिक्रिया दिनुहोस्