केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगामी वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको दाबी

सहयात्रा टिभी

काठमाण्डौं । असार–२५, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने सरकारले दाबी गरेको छ ।मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका हुन् ।

मन्त्री विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्री विष्टका अनुसार स्थानीय तहमा खोलिने रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ ।

रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको पनि उनले बताए ।

रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।

प्रकाशित : 9 July, 2018

प्रतिक्रिया दिनुहोस्