जापानमा बाढी र पहिरोका कारण १०० जना भन्दा बढिको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । असार–२५, जापानमा बाढीपहिरोमा परि १०० जना भन्दा बढिको मृत्यु भएको छ भने ५० जना भन्दा बढि वेपत्ता भएका छन् । विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भइरहेको भारी वर्षासँगै पहिरोमा जिउँदै पुरीएर धेरैले ज्यान गुमाउनु परेको हो ।

जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

जापानका १५ लाखबाढीको प्रभाव पर्ने जोखिम परिवारलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् ।

प्रकाशित : 9 July, 2018

प्रतिक्रिया दिनुहोस्