मृतक खेलाडीका परिवारलाई आर्थिक सहयोग

काठमाण्डौं । असार–२६, सोमबार राष्ट्रिय खेलकुद परिषदले मृतक दुई खेलाडीको परिवारलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशी र बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
राखेपले जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ र राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरेको छ । वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गरेका थिए ।
जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो ।