लोग्नेको जुत्ताको पानी पनि खुवाइन्छ महिलालाई
काठमाण्डौं । असार–२६, नेपालमा महिलाहरुले लोग्नेको खुट्टाको पानी त खाएको हामीले सुन्दै र देख्दै आएका छौँ तर यो दुनियाँमा यस्तो पनि समुदाय छ जहाँ महिलाहरुले लोग्नेको जुत्ताको पानी खानुपर्छ ।
भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा महिलाहरुलाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ । गाउँमा रहेको बंक्याराणी माता मन्दिरमा महिलालाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर पिलाउने प्रथा रहेको छ । यसो गर्नाले शौभाग्य प्राप्त हुने र महिलाको शरीरबाट भूत उत्रिने विश्वास गरिन्छ ।
महिलामा भुत चढेको आशंका भएपछि उसको लोग्ने सँगै उसलाई पनि देवी मन्दिरमा लगीन्छ । मन्दिरमा पुगेपछि लाग्नेले आफुले लगाएको जुत्ता खोल्छ र भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् । त्यसपछि उक्त महिलालाई सोहि जुत्ता मुखले च्याप्न लगाएर पुरै गाउँ घुमाइन्छ र अन्तिममा सोहि जुत्तामा पानी भरेर खान लगाइन्छ ।