चीनद्धारा पाकिस्तानको लागी भूउपग्रह प्रक्षेपण
सहयात्रा टिभी
एजेन्सी । असार–२६, चीनले पाकिस्तानको लागी दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गरेको छ । सोमबार विहान ११ बजेर ५६ मिनेटमा पीआरएसएस–१ र पाकटीईएस–१ए नामका दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।
पीआरएसएस–१ पाकिस्तानलाई बेचिएको पहिलो अप्टिकल रिमोट सेन्सिङ्ग भूउपग्रह हो । यो चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजीद्वारा कुनै विदेशी खरिददारको लागि विकसित १७ औं भूउपग्रह हो ।
पाकिस्तानद्वारा विकसित गरिएको वैज्ञानिक खोजमा उपयोग हुने पाकटीईएस–१ए लाई पनि त्यहि रकेटबाट अन्तरिक्ष पठाइयो ।
चिनिया सरकारी एजेन्सी शिन्हुआको रिपोर्ट अनुसार अगस्ट २०११ मा सञ्चार उपग्रह पाकसैट–१ आरको प्रक्षेपणपछि चीन र पाकिस्तानबीच यो अर्को अन्तरिक्ष सहयोग भएको छ ।