केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं बाहिर सरकारले मेडिकल कलेज खोल्न चाहेको छैन : सांसद अधिकारी

सहयात्रा टिभी

काठमाण्डौं । असार–२६, सरकारले काठमाण्डौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसले आरोप लगाएको छ । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकार उपत्यका बाहिर मेडिकल कलेज खोल्न तयार नरहेको बताएका हुन् ।

कार्यक्रममा अधिकारीले सरकारलाई काठमाण्डौं उपत्यकाभित्र १० वटा भन्दा बढी मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चेतावनी दिएका छन्।

उनले क्षेत्रीय सन्तुलनको आधारमा सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कि नगर्ने स्पष्ट पार्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। सांसद अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मेडिकल कलेज खोल्न सम्बन्धन दिन पाउने व्यवस्था गर्न माग गरे।

प्रकाशित : 10 July, 2018

प्रतिक्रिया दिनुहोस्