केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुगा खोल्न नसक्दा बेहुलाद्धारा सुहागरात मै बेहुली कुटिइन

सहयात्रा टिभी

एजेन्सी । असार–२७, दाइजो लगायतका विषयमा कुरा नमिलेर विवाह कै दिन सम्बन्ध विच्छेद भएको घटना त सुनिएको थियो तर  सुहागरातमा बेहुलाले बेहुलीको कपडा खोल्न नसकेको कारणले विवाह भएकै दिन कुरा सम्बन्ध विच्छेदसम्म पुगेको घटना पनि सार्वजनिक भएको छ ।

सन्डरल्याण्डका गाभिन गोलाइट्ली र लण्डनकी एमी डोसन बिच भर्खरै विवाह भएको थियो । विवाह कार्यक्रम सकिएर सुहागरातको लागी विस्तारामा पुगेको केहि समयपछि नै बेहुला बेहुली विच मारामार भएको आवज होटल भरि फैलीयो ।

होटलका मानिसहरु पुगेर बेहुलीलाई नबचाएका भए सायद बेहुलीको हालत के हुने थियो भन्न मुस्कित छ । बेहुला यस्तरी बेहुलीमाथि खनिनुको कारण मात्र बेहुलीको कपडा खोल्न नसक्नु रहेको बताइएको छ । पिडित बेहुली डोसनका अनुसार सुहागरातका निमित्त उनीहरु विस्तारामा पुगेपछि गोलाइट्लीले उनको कपडा खोल्न सकेनन् ।

निकै प्रयास गर्दा पनि उनको कपडा खोल्न नसकेपछि गोलाइट्लीले डोसनलाई लडाएर पिट्न थालेको डोसनको दाबी छ । गोलाइट्लीले आफुलाई कुटेको देखेर अब आफु बाच्न सक्दिन भन्ने सोचिसकेको उनी बताउँछिन् ।

गोलाइट्लीले कुटिरहेको क्रममा नै आफु बेहोस भएको र बेहोस पछि होसमा आएर भाग्न खोज्दा पनि गोलाइट्लीले फेरी समाएर कुट्न थालेको पिडित डोसनको भनाइ छ । अब डोसनले आफु गोलाइट्लीसँग बस्न नसक्ने भनेर डिभोर्स मागेकी छन् ।

प्रकाशित : 11 July, 2018

प्रतिक्रिया दिनुहोस्