केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सस्तो मुल्यको पेन्टीले सांसदलाई आपत्तमा पारेपछि

सहयात्रा टिभी

एजेन्सी । असार–२७, क्यानडाको विपक्षी दल न्यू डेमोक्र्याट्सका सांसद प्याट मार्टिनलाई सस्तोमा खरिद गरेको पेन्टीले आपत्तमा पारेको छ । सांसदको पेन्टी निकै कसिलो भएर संसद भवनको कुर्सीमै बस्न नसक्ने अवस्था समेत आएको थियो ।

गत बिहिबारको हाउस अफ कमन्सको बैठकमा मतदान हुने बेला सांसद प्याट संसद भवनमा पेन्टी कसिलो भएकै कारण बस्न सकेनन् । त्यसपछि संसद हतारिँदै संसद भवनबाट बाहिरिएका थिए ।

उनी हतारिँदै बाहिरिएको देख्दा धेरैले आश्चर्य माने । तर उनी तत्कालै संसद भवनभित्र फर्किए । संसदमा फर्किएर आफ्नो मतदान गर्ने बेलामा उनले आफु बिचमै बाहिरिनुको कारण खुलाएपछि संसद भवनमा हाँसोको फोहोरा नै छुट्यो ।

सांसद मार्टिनले संसद भवनमा भाषण गर्दा ५० प्रतिशत सस्तोमा पाएपछि आफुले एक थुप्रो पेन्टी किनेको र ती सबै पेन्टी कसिलो भएकाले लामो समयसम्म बस्न गाह्रो भएको बताएका थिए ।

वास्तवमा उनले क्यानेडाली डिपार्टमेन्ट स्टोर हड्सन बे मा पेन्टी खरीद गरेका थिए । संसदमा मतदान हुने बेला बाहिरिएर फेरि भित्र छिर्नु मर्यादा विपरितको काम भएको र त्यसले संसदको प्रोटोकल मिचेको भन्दै एकजना सांसदले प्याट विरुद्ध उपसभामुख समक्ष उजुरी गरेपछि प्याटले यस्तो स्पष्टिकरण दिएका थिए ।

प्रकाशित : 11 July, 2018

प्रतिक्रिया दिनुहोस्