केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भर्खर जन्मिएको बच्चाको पेटमा जुम्ल्याहा बच्चा

सहयात्रा टिभी

एजेन्सी । असार–२७, हङकङमा एक नवजात शिशुको पेटभित्र जुम्ल्याहा बच्चा भेटिएको छ । हङकङको क्वीन एलिजाबेथ अस्पतालमा जन्मिएको बच्चाको पेट भित्र जुम्ल्याहा बच्चाको भ्रुण भेटिएको हो ।

मेडिकल जाँचका क्रममा उक्त भ्रुणमा हात, ढाडसहितका अंगहरु समेत विकसित भइसकेको पाइएको छ । डाक्टरहरुकाअनुसार एउटा बच्चाको तौल १४.२ ग्राम र अर्कोको ९.३ ग्राम पाइएको छ ।

उक्त बच्चाको शरीरबाट भ्रुण निकाल्न सर्जरी गरीएको छ । सर्जरी गरेर आठ दिन बच्चालाई अस्पतालमा राखी डिस्चार्ज गरिएको बताइएको छ । चिकित्सकहरुका अनुसार गर्भमा रहेको बच्चाको गर्भमा अर्को गर्भ विकसित भएमा डाक्टरहरुले पनि सहज पत्ता लगाउन सक्दैनन् । यस्तो घटना पाँच लाखमा एक जनामा हुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित : 11 July, 2018

प्रतिक्रिया दिनुहोस्