केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

सहयात्रा टिभी

काठमाण्डौं । असार–२८, क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो ।

इङ्ल्यान्डका लागि कायरन ट्रिपियरले खेलको पाँचौं मिनेटमा गोल गरी अग्रता लिएका थिए तर खेलको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । निकै प्रतिस्पर्धात्मक रहेको इङ्ल्यान्ड र क्रोएसियाको खेलमा अन्तत क्रोएसियाले जित हात पारी पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ ।

इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । इङ्ल्यान्डको यो भन्दा अघिको खेल यात्रा भने क्रोएसियाले रोकिदिएको छ । अब आइतबार हुने फाइनल खेलमा क्रोएसियाले फ्रान्ससँग भिड्नु पर्ने छ ।

प्रकाशित : 12 July, 2018

प्रतिक्रिया दिनुहोस्