केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खुर्सानि खाने प्रतियोगीता, विजेताले २४ क्यारेट सुनको सिक्का पाउने

सहयात्रा टिभी

काठमाण्डौं । असार–२८, चीनको हुनान प्रान्तमा खुर्सानी खाने प्रतियोगीता सुरु भएको छ । अनेक किसिमका प्रतियोगीताहरु हुने चीनमा प्रत्येक वर्ष झै यो वर्ष पनि सोमबारबाट खुर्सानी खाने प्रतियोगीता सुरु भएको हो ।

यस प्रतियोगीतामा भाग लिनेहरुलाई खुर्सानीले भरीएको छुट्टा छुट्टै पोखरी जस्तो भाँडोमा राखिन्छ र जस्ले सबैभन्दा कम समयमा सबैभन्दा बढि खुर्सानी खान सक्छ उ नै विजयी हुन्छ । खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउँदछ । उक्त सिक्काको वजन ३ ग्राम हुन्छ ।

यो प्रतियोगीतामा ताबास्को जातको खुर्सानी खान दिइन्छ जुन खुर्सानी विश्वको सबैभन्दा पिरो खुर्सानीहरु मध्येको एक हो ।

यो प्रतियोगीता चीनमा गतबर्षबाट सुरु भएको हो । गत वर्षको प्रतियोगीतामा जम्मा १० जना मात्र प्रतियोगीहरु सहभागी भएका थिए । उक्त प्रतियोगीतामा गत वर्ष तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेका थिए ।

प्रकाशित : 12 July, 2018

प्रतिक्रिया दिनुहोस्