केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छात्राहरुको भित्रि वस्त्रको रङ पनि तोकिदियो विद्यालयले

सहयात्रा टिभी

काठमाण्डौं । असार–२८, प्रत्येक विद्यालयले विद्यार्थीहरुको निश्चित पोसाक तोकेको हुन्छ । उक्त नियम तोडेमा विद्यार्थीहरुले सजाय पाउँछन् तर संसारमा यस्तो पनि विद्यालय भेटियो जहाँ विद्यालयका छात्राहरुले लगाउने भित्रि पोसाकको रङ पनि विद्यालयले नै निश्चित गरेको छ र उक्त नियम तोडेमा सजाय समेत पाउने नियम रहेको छ ।

भारतको पूणेस्थित एमआइटी ग्रुपले सञ्चालन गरेको विश्वशान्ती गुरुकुलले छात्राहरुलाई सेतो वा छालाको रंगको भित्रीवस्त्र मात्रै प्रयोग गर्न भनेको छ । विद्यालयको डायरीमा यो नियम प्रष्टसँग लेखिएको छ र अभिभावकलाई यसमा सहि गर्न भनिएको छ ।नियम उंल्लघन गर्नेलाई जरिवाना तिराइने पनि बताइएको छ ।

यो नियम बालिकाहरुको सुरक्षाको निम्ति बनाइएको विद्यालय प्रशासनले दाबी गरेको छ । विद्यालयको सेतो पोशाक भित्र रंगिन भित्री वस्त्र लगाउँदा छात्राहरुलाई जिस्क्याइएको र लज्जित बनाइएको गुनासो धेरै आएकाले यस्ता नकरात्मक अनुभवबाट बँच्न यो नियम ल्याइएको विद्यालयको कार्यकारी निर्देशक सुचित्रा करद नागरेले बताइन ।

सबै अभिभावकलाई एक/एक गरेर यो नियमको बारेमा भन्न गाह्रो भएकाले विद्यालयले डायरीमै यसलाई उल्लेख गरेको हो । तर अभिभावकले भने यो नियमको विरोध गर्दै आएका छन् । अभिभावकहरुले विद्यालय प्रशासनलाई यो नियम परिवर्तन गर्न दबाब दिइरहेका छन् तर विद्यालय भने छात्राहरुको भलाई कै लागी तयार पारिएको यो नियम परिवर्तन नगर्ने पक्षमा छ । यो विषयले हाल भारतमा निकै तहल्का मचाइरहेको छ ।

प्रकाशित : 12 July, 2018

प्रतिक्रिया दिनुहोस्