केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तेष्टिमा रोइदिएर नै पैसा कमाइ गर्दै

सहयात्रा टिभी

एजेन्सी । असार–२८, संसारमा अनेकौं नियमहरु छन् । विभिन्न मानिसहरुका आ–आफ्ना संस्कार संस्कृति अनुसारका नियमहरु छन् । तर यति सम्म अनौठो नियम पनि यो दुनियामा चल्दै आएको छ कि जुन नियम सुन्नासाथ विश्वास गर्नै मुस्किल पर्छ ।

अफ्रिकी देश घानामा आफन्त मर्दा रुने पेसा अपनाएका मानिसहरुलाई बोलाएर रुन लगाइन्छ । रुनका लागी बोलाइएका मानिसहरुलाई मर्नेहरुको आफन्तहरुबाट राम्रो भुक्तानि गरिने गरि बोलाइएको हुन्छ ।

घानामा केही समुदाय यस्ता छन् जसको पेशा नै कसैको मृत्युमा रोइदिनु हो । उनीहरु शौखका साथ उक्त पेशा अपनाइरहेका छन् । उक्त पेशाबाट राम्रै आम्दानी भएको पेशाकर्मीहरुको भनाइ छ तर कहिलेकाहीँ कुनै अपरिचितको मृत्युमा रुनका लागि जानुपर्दा आफ्नै आफन्तको मृत्युमा रुन नपाउने अवस्थाबाट गुज्रिनुपर्ने अवस्था उत्पन्न हुने यो समुदायका नेता अमी डोक्ली बनाउँछिन् ।

अपरिचित व्यक्तिहरु मर्दा नाटकिय रुपमा रुनु त्यति सजिलो नभए पनि यसलाई पेशाको रुपमा उक्त समुदायका महिलाहरुले अपनाइरहेका छन् । यसरी मानिस मर्दा रोइदिएर पैसा कमाइ गर्ने अधिकाशं महिलाहरु विधवा महिलाहरु हुने गरेको पाइएको छ ।

प्रकाशित : 12 July, 2018

प्रतिक्रिया दिनुहोस्