आज भानुजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । असार–२९, आज आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । काठमाण्डौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने गरीको विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा उनको सम्झनामा आज दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
आदिकवि आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।