केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो

सहयात्रा टिभी

एजेन्सी । असार–२९, ६६ वर्षसम्म आफ्ना औंलाका नङ्ग पालिरहेका एक व्यक्तिले अन्ततः नङ्ग काटेका छन् । भारतका ८२ वर्षीय श्रीधर चिल्लालले १९५२ देखि  पाल्दै आएको नङ्ग ८२ वर्षको उमेरमा काटेका छन् ।

यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रमका माझ सम्पन्न गरिएको थियो । बुधबार उनले विश्वको सबैभन्दा लामो नङ्ग पाल्ने व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएर नङ्ग काटेका हुन् ।

उनका नङ्ग अमेरिकाको न्युयोर्कस्थित रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ । ६६ वर्षसम्म पालिरहँदा उनका नङ्ग यति कडा भएछन् कि त्यसलाई काट्नका लागि फलाम काट्ने मेसिनकै प्रयोग गरिएको थियो ।

उनको नङ्ग अघिल्लो पटक नाप्दा २९ फिट १०.१ इन्च लामो थियो । उनको सबैभन्दा लामो नङ्ग उनको बुढी औलामा थियो । नङ्ग काटेपछि चिल्लाल सामान्य जीवनमा फर्किएका छन् । तर उनलाई आफ्नो हात चलाउन भने मुस्किल परिरहेको छ ।

प्रकाशित : 13 July, 2018

प्रतिक्रिया दिनुहोस्