केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुहार चम्काउन कुकुरको मुत्रपान पनि गर्छन महिलाहरु

सहयात्रा टिभी

काठमाण्डौं । असार–३१, अमेरिकामा एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन कुकुरको मुत्रपान गर्दै आएकी छन् ।अनुहारको दागधब्बाबाट निकै चिन्तित भएकी नाम नखुलाइएकी उक्त अमेरिकी महिलाले कुकुरको मुत्रबाट समस्या समाधान भएको भन्दै आफैँले पालेको कुकुरको मुत्रपान गर्दै आएकी हुन् ।

कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका उनको दाबी छ ।सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।

कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ ।

प्रकाशित : 15 July, 2018

प्रतिक्रिया दिनुहोस्