केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल

सहयात्रा टिभी

काठमाण्डौं । असार–३१, कोशी र नारायणीमा पानीजहाज चलाउनेबारेमा नेपाल र भारत विचमा छलफल सुरु भएको छ । आइतबारबाट नेपाल र भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ सहसचिव स्तरीय छलफल सुरु भएको हो ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो ।

जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेका अनुसार नेपालको कोशी, गण्डककी वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको हो ।

सहसचिव बेल्बासेले नेपालमा जल यातायात संचालनका निम्ति भारतले सबै खाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत जानकारी दिए ।

२ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी भएका छन । सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ ।

प्रकाशित : 15 July, 2018

प्रतिक्रिया दिनुहोस्