फ्रान्स विश्वकप २०१८ को विश्वविजेता

एजेन्सी । असार–३२, विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स विश्वकप २०१८ को विश्वविजेता भएको छ ।
खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेल नियन्त्रणमा लिए पनि फ्रान्स पहिलो गोल गर्न सफल भयो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।
२८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरि खेलमा फर्किन सफल भयो । खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो ।
ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाए । पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३/१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४/१ पारे ।
खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४/२ पार्दै खेललाई रोमाञ्चक बनाए । त्यस पछि कुनै गोल भएन, अन्तत फ्रान्सले जित हात पार्न सफल भयो ।