केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गायकलाई अंकमाल गरेको आरोपमा महिला पक्राउ

सहयात्रा टिभी

एजेन्सी । असार–३२, साउदी अरबमा एक गायकलाई अंकमाल गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । शुक्रबार साउदीको पश्चिमी सहर तैफमा लाइभ कन्सर्ट भइरहेको ठाउँमा गायक माजिद अल मोहन्जितलाई स्टेजमा गई अंकमाल गर्ने एक महिलालाई तुरुन्तै पक्राउ गरिएको हो ।

उनलाई पुलिसको हिरासतमा राखिएको छ । उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ ।

साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ । गत डिसेम्बरमा पहिलोपटक साउदी अरबमा लेबनानी गायिका हिबा तावाजीको कन्सर्टको आयोजना गरिएको थियो । त्यो नै साउदीमा आयोजित पहिलो आधिकारिक महिला कन्सर्ट हो ।

मदिरा, पहिरन तथा महिलाका विषयमा निकै सख्त कानून रहेको साउदी अरबमा सार्वजनिक समारोहमा महिलाको उपस्थितिका विषयमा पछिल्लो समय केही लचकता अपनाउने प्रयास गरिएको छ ।

प्रकाशित : 16 July, 2018

प्रतिक्रिया दिनुहोस्