डिश मिडियाद्धारा सिम टि.भि. खरिद सम्झौता सम्पन्न
काठमाण्डौं । असार–३२, डिश मिडिया नेटवर्क लिमिटेडद्धारा सिम टि.भि खरिद सम्झौता सम्पन्न भएको छ । आषाढ २९ गते बसेको डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लि.को संचालक समितिको संयुक्त वैठकमा सिम टि.भि. डिश मिडिया नेटवर्क लिमिटेडले खरिद गर्ने सम्झौता भएको हो ।
सिम टि.भि. नेपालमा मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो । सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले अब भने सिम टि.भि को व्यवस्थापनको पनि सम्पूर्ण जिम्मेवारी लिएको छ ।
डिश मिडिया नेटवर्क लिमिटेडले सिम टि.भि.को खरिद पछि टि.भि. हेराईको गुणस्तरिय अनुभव अझै धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्ने सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले जनाए ।
डिश मिडिया नेटवर्क लिमिटेडले छिट्टै नै सर्वसाधारणका लागी शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । डिश मिडिया नेटवर्क लिमिटेडले सिम टि.भि को खरिदसँगै नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझै जोड दिइ ग्राहकहरुलाई गुणस्तरीय सेवा सुविधा दिन लागी पर्ने डिश मिडिया नेटवर्क लिमिटेडले जनाएको छ ।