ट्रम्प र पुटिनबीच भेटवार्ता सम्पन्न

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता सम्पन्न भएको छ । सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किमा दुई नेता ट्रम्प र पुटिनबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो ।

पुटिनसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिए । सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको आरोप लाग्दै आएको छ । तर यसको बचाउमा लागेका ट्रम्पले  पुटिनसँगको भेटमा पनि पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका छन् ।

अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नु पर्ने कुनै कारण नभएको ट्रम्पले दाबी गरेका छन् । यता पुटिनले पनि निरन्तर लाग्दै आइरहेको आरोपको एक कदम अघि बढेर खण्डन गरेका छन् । उनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको बताए ।

प्रकाशित : 17 July, 2018

प्रतिक्रिया दिनुहोस्