केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिहान पनि किन्नु पर्ने अवस्था, त्यो पनि गोलाप्रथामा जिते मात्र

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१, संसारमा अनेकौँ आश्चर्यजनक घटनाहरु सुनिन्छन् । कतिपया घटनाहरु त हामीलाई विश्वास गर्न निकै मुस्किल पनि लाग्न सक्छ । आजभोली मानिसको मृत्यु भएपछि उसलाई गाड्न समेत जमिनको अभाव हुन थालेको छ, फलस्वरुप चिहानको निम्ति पनि सरकारसँग जग्गा किन्नु पर्ने अवस्था आउन थाल्यो ।

यसरी सरकारसँग किन्नु पर्ने जग्गा पनि केवल चिठ्ठा परेमा मात्र पाइने अवस्था समेत आएको पनि सुन्न थालिएको छ । यो घटना हो जर्मनीको । जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खुलाएको छ ।

सरकारले उक्त गोलाप्रथामा भाग लिनका लागि सबैसँग निवेदन माग गरेको छ । सरकारले हालै प्रयोगमा नआएको आसपासको जमिनलाई उपयोग गरी २ सय वटा चिहानका प्लट तयार गरेको छ, त्यसैले गोला प्रथाबाट दुई सय जनाले मात्र चिहान जित्नेछन् । गोला प्रथा बुधबार गराइने छ । हाल सम्म चिहान प्राप्तिको लागी २ सय ८० वटा निवेदन परिसकेका छन् ।

अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान उपलब्ध हुन सकेको छैन । त्यसैले चिहानका लागि उपलब्ध सीमित जग्गा व्यवस्थित ढंगले स्थानीय बासिन्दालाई उपलब्ध गराउनका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।

प्रकाशित : 17 July, 2018

प्रतिक्रिया दिनुहोस्