केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोटि डढाएको निहुँमा श्रीमानले तलाख दिएपछि

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१, रोटि पकाउँदा डढाएको निहुँमा एक मुस्लिम युवकले आफ्नी श्रीमतिलाई तिन पटक तलाख भनि घरबाट निकालिदिएका छन् । भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रोटी सेक्ने क्रममा डढाएको भन्दै निहाल खाँ नामका मुस्लिम युवकले आफ्नी पत्नीलाई तलाख दिएका हुन् ।

मुस्लित समुदायमा सम्बन्ध विच्छेद गर्न केवल पतीले तीन पटक तलाख भने पुग्छ । सोहि अनुसार गत जुलाईमा मात्र विवाह भएकी श्रीमतिलाई खाँले रोटी डढाएको बाहाना बनाई तीन पटक तलाख भनेर घरबाट निकालिदिए । तर उनकी श्रीमति भने विना कारण श्रीमानले तलाख दिएको र घरबाट निकालेको भनि प्रहरीमा उजुरी दिन पुगेकी छन् ।

नवविवाहिता ती युवतीका अनुसार तलाक भनेर घरबाट बाहिर निकाल्नु भन्दा ३ दिनअघि उनलाई पतिले जलिरहेको चुरोटले शरीरका विभिन्न भागमा पोलिदिएका थिए । श्रीमतिलाई अत्याचार गरी विना कारण घरबाट निकाल्ने खाँलाई प्रहरीले तत्काल छानविन गरी खाँ माथि घरेलु हिंसाको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताए ।

प्रकाशित : 17 July, 2018

प्रतिक्रिया दिनुहोस्