केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१८औँ एसियाली खेलकूदमा नेपालबाट ४ नयाँ खेलले स्थान पाउँदै

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२, यसपटकको १८ औँ एसियाली खेलकूद प्रतियोगीतामा नेपालबाट थप चार खेलसहित २८ खेल समावेश हुने भएको छ । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल सहित नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुने भएको हो ।

नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो । एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुवात भयो ।

नेपालबाट प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् ।

नेपालका तर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ ।

एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताए । प्रमुख राणाभट भन्छन्, ‘यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ,’

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्