केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खेलाडी छनोटको दायरा फराकिलो बनाऊ : मुख्यमन्त्री पोखरेल

सहयात्रा टिभी

बुटवल । श्रावण–३, खेलकुदमा उपलब्धि हाँसिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । बिहीबार बुटवलमा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकट मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए ।

फुटबल खेलाडी छनोट गर्दा स्टामिना राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कौशल  भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धी नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे । ‘अबदेखि फुटबल खेलाडी छनोटको दायरा फराकिलो बनाउन जरुरी छ,जस्को स्टामिना राम्रो छ, कुदेर थाक्दैन र गोल गर्ने कला पनि छ तिनैलाई छान्नुपर्छ,’मुख्यमन्त्री पोखरेलले भने,‘अहिलेसम्म आफ्ना निकटका मान्छेलाई कसरी टिममा पार्ने भन्ने सांघुरो सोंचले काम गरेको थियो, अब त्यो बदल्नैपर्छ ।

खेलाडी उत्पादन र फुटबलको विकासका लागि जिल्लासम्म मात्र नभई पालिकातहमै पुग्न एन्फालाई सुझाव दिंदै मुख्यमन्त्रीले प्रदेश ५ सरकारले अन्य सबै प्रदेशले भन्दा बढी खेलकुदको विकासलाई प्राथमिकता दिएको जानकारी गराए ।

प्रदेश सरकारले एक वर्षभित्र गाउं तथा नगर पालिकाहरुमा १ सय ११ वटा खेल मैदान र उपमहानगरपालिकामा ४ वटा रंगशाला बनाउने लक्ष्य सहित पर्याप्त वजेट विनियोजन गरेको बताए ।

 

प्रकाशित : 19 July, 2018

प्रतिक्रिया दिनुहोस्