केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेलिभिजन कार्यक्रम सहयात्रा अन्र्तक्रिया : चिनियाँ जीवनशैली नेपालीका लागि अनुकरणयोग्य

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३, चिनियाँ संस्कृती, संस्कार, कला र जीवनशैली नेपालीका लागि अनुकरणीय बन्दै गएको छ । बिहीवार राजधानीमा आयोजित एक अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । चन्दा प्रोडक्सन र चाईना न्युज सर्भिसको संयुक्त आयोजनामा भएको दि हाई वण्डर ल्याण्ड इन चाइना / सहयात्रा सम्बन्धी टेलिभिजन कार्यक्रमको समीक्षात्मक अन्र्तक्रियामा समसामयिक, जानकारीमूलक र रोचक प्रसंगमा आधारित यस्ता कार्यक्रमले अझ बढी स्थान पाउनुपर्ने सुझाव उनिहरुले दिएका छन् ।


नेपाल–चीन सामाजिक सम्बन्ध प्रतिष्ठानका अध्यक्ष प्राध्यापक बालमुकुन्द रेग्मीले चिनियाँ जीवनशैलीलाई नेपाली दर्शकहरुले नजिकबाट नियाल्ने अवसर मिलेको बताउनुभयो । उहाँले टेलिभिजन कार्यक्रम दि हाई वण्डर ल्याण्ड इन चाइना / सहयात्रा मार्फत वास्तवीक र रोचक किसिमले प्रस्तुत दृश्यबाट हरेक नेपालीले आफ्नो जीवनशैलीमा परिवर्तन गरी सन्तुष्टी प्रत्याभूति हुने विश्वास वयक्त गर्नुभयो ।

त्यस्तै, नेपाल टान्ली पब्लिकेशन एण्ड कल्चर कम्पनिका प्रबन्धक च्यान स्यिा सुवाङ्गले टेलिभिजन कार्यक्रम सहयात्राले चीनको सामाजिक परिवेश र जीवनशैलीलाई नेपालमा प्रशारण गरी दुई देशबीचको सम्बन्धमा समन्वय गरेको बताउनुभयो । उहाँले टेलिभिजन कार्यक्रम दि हाई वण्डर ल्याण्ड इन चाइना / सहयात्रा ले दुई छिमेकी राष्ट्रलाई ऐक्यबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने समेत बताउनुभयो । आगामी दिनमा अझै प्रभावकारी ढंगले टेलिभिजन कार्यक्रम प्रस्तुत गर्नुपर्नेमा सुवाङ्गको जोड थियो ।

त्यस्तै सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीका प्रबन्धक यान हङ्ग वेइले विविध जानकारीमूलक टेलिभिजन कार्यक्रम नेपालमा प्रशारण हुदां नेपाल र चीन बीचको सम्वन्धमा थप माधुर्यता बढ्ने बताउनुभयो । उहाँले सहयात्रामा समावेश विविध सूचना र र विकासमूलक कार्यक्रमले नेपाल र चीनको सम्बन्ध अझै गाढा र मजवुद बनाउँदै लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।

चन्दा प्रोडक्सनले सहयात्रा कार्यक्रम विगत पाँच वर्षदेखि नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रशारण गर्दै आइरहेको छ । उक्त अन्र्तक्रियात्मक कार्यक्रममा चन्दा प्रोडक्सनकी अध्यक्ष चन्दा घिमिरेले आगामी दिनमा विविध खाले जानकारीमूलक र सचेतनामूलक कार्यक्रम निर्माण गरी टेलिभिजन प्रशारणमा अझै बढावा दिईने बताउनुभयो ।

कार्यक्रममा सहभागी चिनियाँ अतिथिहरुबाट सहयात्रा कार्यक्रम अत्यन्तै समसामयिक, जानकारीमूलक र रोचक प्रसंगमा आधारित रहेको र यस्ता खाले कार्यक्रमले अझ वढि स्थान पाउनुपर्ने सुझाएका थिए । साथै अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरु र अतिथिहरुबाट पनि कार्यक्रम प्रभावशाली र प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु प्रशारणमा जोड दिईनुपर्नेमा सुझाव दिइएको थियो ।

कार्यक्रममा वानछ्याङ को.लि.की प्रबन्धक जाङ्ग लि ना, चाइना न्यूज सर्भिस तिब्बत ब्यूरोका प्रमुख जन ज्या, चाइना न्यूज सर्भिस नेपाल ब्यूरोका प्रमुख जाङ चेन्नी, नेपालस्थित चीन राष्ट्रिय पर्यटक कार्यालयकी अध्यक्ष यांग जोन, नेपाल टेलिभिजन र हिमालय टेलिभिजनका प्रतिनिधि, चन्दा प्रोडक्सन मिडिया हाउसका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : 19 July, 2018

प्रतिक्रिया दिनुहोस्