विदेशीने नेपालीको संख्या १९ प्रतिशतले घट्यो

काठमाण्डौं । श्रावण–४, आर्थिक वर्ष ०७४/७५ मा श्रमका लागी विदेश जाने नेपालीहरुको संख्यामा १९ प्रतिशतले कमि आएको छ । विदेशी मुलुकमा कामको राम्रो अवसर नपाएपछि र नेपालमा पनि राजनीतिक स्थिरता छाएकाले विदेशीनेको संख्यामा कमि आएको हो ।
गत आर्थिक वर्ष ०७४/७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसको अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए । यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदेश पुगेका छन् ।
विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गतवर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।गत वर्ष ३ लाख ५४ हजार ८२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका थिए । यसको अघिल्लो वर्ष यो संख्या ३ लाख ९८ हजार ९७८ थियो ।