केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गौतमबुद्ध विमानस्थलको काम ५० प्रतिशत मात्र पुरा

सहयात्रा टिभी

बुटवल । श्रावण–४, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बल्ल ५० प्रतिशत पूरा भएको छ । २०१५ बाट सुरु भएको काम २०१७ मा नै पुरा गर्ने लक्ष्य राखिए पनि हालसम्म केवल ५० प्रतिशत मात्र काम भएको हो ।

विभिन्न बाहाना गरि विमानस्थल निर्माण कार्यमा अवरोध र ढिलासुस्ती हुँदै आएको थियो । मधेस आन्दोलन, निर्माण सामाग्रीको अभाव, मुख्य तथा सहायक ठेकेदार कम्पनीबीच आर्थिक लेनदेन विवाद र मुआब्जा विवादका कारण विमानस्थल निर्माण कार्य निर्धारित समयभन्दा दुई वर्ष पछाडि धकेलिएको हो ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर ओम शर्माका अनुसार पछिल्लो समय सबै पक्ष सहज भएसँगै निर्माण कार्यले गति लिएको छ । सन् २०१९ जुन सम्ममा विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तिव्रता दिइएको शर्माले बताए ।

सन् २०१९ सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान भर्ने गरी छलफल चलिरहेको  आयोजना प्रमुख इन्जिनियर  शर्माले जानकारी दिए ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ ठेकेदारमार्फत २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो ।

प्रकाशित : 20 July, 2018

प्रतिक्रिया दिनुहोस्